TOP  >  NPL-TOP  >  विदेशी निवासीहरूका लागि विशेष सल्लाहहरू
हामी अब नागोया श्रेत्रीय आप्रवास विभाग र आइची मजदुर विभागको सहकार्यमा
आइचीमा रहेका विदेशी निवासीहरूका लागि विशेष सल्लाहहरू प्रदान गर्छौं!

सल्लाह छविहामी आइची प्रिफेक्चुरल सरकारको सान्नोमारु एनेक्स भवनको प्रथम तल्लामा स्थित आइची बहुसांस्कृतिक केन्द्रमा भएका विदेशी निवासीहरूका लागि सल्ला, जानकारी र समर्थन प्रदान गर्छौं।
अप्रिल 2019 मा आप्रवास नियन्त्रण र शरणार्थी पहिचान ऐनको समीक्षा पछि, आइची प्रिफेक्चरमा बढ्दो मात्रामा विदेशीहरू काम गर्ने वा स्थित हुने अपेक्षा गरिएको छ। त्यसैकारण हामीले नागोया श्रेत्रीय आप्रवास विभाग र आइची मजदुर विभागको सहकार्यमा नोभेम्बर 2019 मा आप्रवास र मजदुर-सम्बन्धी समस्याहरूका लागि विशेष सल्लाहहरू प्रस्ताव गर्न सुरु गर्यौं। जनवरी 2020 मा, हामीले उपभोक्ता मामिलाहरूका लागि पनि विशेष सल्लाह सुरु गर्यौं।

 

1. सल्लाह समीक्षा

(1) सामग्री: आइची बहुसांस्कृतिक केन्द्रमा विदेशी निवासीहरूका लागि विशेष सल्लाहहरू

(2) व्यवस्थापन गर्ने निकाय: आइची अन्तर्राष्ट्रिय संघ

(3) सहकार्य: नागोया श्रेत्रीञ आप्रवास विभाग, आइची मजदुर विभाग, आइची प्रिफेक्चर

(4) मिति र समय:

  1. आप्रवास:: प्रत्येक महिना तेस्रो बुधवार 13:00–17:00 तपाईंले नागोया श्रेत्रीय आप्रवास विभागको कर्मचारीसँग सल्लाह गर्न सक्नुहुन्छ।
  2. मजदुर प्रत्येक महिना दोस्रो सोमवार 13:00–17:00 तपाईंले आइची मजदुर विभागको कर्मचारीसँग सल्लाह गर्न सक्नुहुन्छ।
  3. उपभोक्ता मामिलाहरू: प्रत्येक महिना चौंथो सोमवार 13:00-16:30 तपाईंले आइची प्रिफेक्चुरल सरकारका उपभोक्ता मामिला सल्लाहकारहरूसँग सल्लाह गर्न सक्नुहुन्छ।

* आप्रवास र मजदुरको लागि: तालिकाबद्ध गरिएको मिति कुनै बिदाको दिन पर्छ भने, सल्लाहहरू आगामी हप्ताको समान दिनमा आयोजित गरिनेछन्।
* उपभोक्ता मामिलाहरूका लागि: तालिकाबद्ध गरिएको मिति कुनै बिदाको दिन पर्छ भने, सल्लाहहरू आगामी दिन (चौथो मङ्गलवार) मा आयोजित गरिनेछन्।

(5) स्थान: आइची बहुसांस्कृतिक केन्द्र, आइची अन्तर्राष्ट्रिय प्लाजा

(6) सल्लाह विधि:

  1. आरक्षण आवश्यक छ। पहिले आउनेलाई पहिले सेवा गरिनेछ।
  2. प्रति दिन 4 जना मानिससम्मका लागि उपलब्ध।
  3. तपाईंले विशेष सल्लाहकारसँग व्यक्तिगत सल्लाह गर्नुहुनेछ।

(7) भाषा:

पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, फिलिपिनो/ट्यागलग, भियतनामी,
नेपाली, इन्डोनेशियन, थाइ, कोरियन, बर्मिज,रुसी,युक्रेन, जापानी (जम्मा 14 भाषा)

*यहाँ फ्लायर डाउनलोड गर्नुहोस् → विशेष सल्लाह फ्लायर (PDF)

2. कसरी आरक्षण गर्ने

कृपया हामीलाई कल गरी आफ्नो समस्याको (आप्रवास / मजदुर / उपभोक्ता मामिलाहरू) सारांश र तपाईंको रोजाइको मिति र समय दिनुहोस्।
यो सेवा आइचीमा भएका विदेशी निवासीहरूका लागि लक्षित गरिएको छ। यद्यपि, एक हप्ताअघिसम्म उपब्ध स्थानहरू छन् भने, हामी विदेशीहरूलाई सल्लाह र समर्थन प्रस्ताव गर्नमा संलग्न हुने जापानी मानिसहरूबाट पनि आरक्षणहरू स्वीकार गर्छौं।

3. आरक्षण र सम्पर्क

052-961-7902 (आइची बहुसांस्कृतिक केन्द्र)

4. कार्यतालिका

पात्रो यहाँ हेर्नुहोस्।



लिङ्कहरू
आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1,
सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION