TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

के म प्रिफेक्चरल निवासमा बस्न सक्छु?

विदेशी भए पनि, जो सँग बस्ने योग्यता छ त्यो सार्न सक्छ।
1. सँगै बस्ने आफन्त छन्। (केही आवासहरूको लागि उपलब्ध छैन)
2. पक्कै पनि अहिले आवासको समस्यामा छ।
3. आइची प्रिफेक्चर प्रिफेक्चरल हाउसिंग अध्यादेशको आय आवश्यकताहरू पूरा गर्दछ।
4. गिरोह सदस्य होइनँ।
5. प्रिफेक्चरल हाउसिंगमा भुक्तान नगरिएको भाडा आदी ऋण छैन।
यी बाहेक विदेशी भएमा,तलको बसोबासको स्थिति एउटा जरुरी छ।
1. स्थायी निवासी तथा उनीको जीवनसाथी वा बच्चा
2. विशेष स्थायी निवासी
3. जापानीको जीवनसाथी वा बच्चा
4. स्थायी बासिन्दा

भर्ती सम्बन्धमा, तपाईंलाई इन्टरनेट, पत्रपत्रिका, रेडियो, जनसम्पर्क पत्र, टेलिफोन सेवा(फोन 052-971-4118)आदी मा जानकारी गराउँदै छौँ। भर्ती अवधिमा तोकिएको स्थान(प्रत्येक जूताकू कान्री जीमुस्यो वा शाखा,प्रत्येक नगरपालिका कार्यालय(नागोया शहर बाहेक)आदी)मा आवेदन फारम प्राप्त गरेर कृपया आवेदन दिनुहोस्।
कृपया यसलाई ध्यान दिनुहोस कि तपाईको ठेगाना अनुसार आवेदन स्थान फरक हुन्छ।
थप विवरणहरूको लागि प्रीफेक्चर ज्यूताकू क्योक्यू कोउस्य(फोन 052-954-1361 सोमबार ~शुक्रबार 9:00~17:00 ※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक) वा, कृपया प्रत्येक जूताकू कान्री जीमुस्यो वा शाखामा सम्पर्क गर्नुहोस्।
जब तपाईं विदेशी भाषामा (7 भाषाहरू)परामर्श गर्न चाहनुहुन्छ तब विदेशी समर्थन डेस्कमा कृपया हप्ताका दिनहरूमा निम्न समयमा सम्पर्क गर्नुहोस्।  
फोन 052-684-5007(9:00~12:00-13:00~17:00)
 ・पोर्तुगाली, स्पेनिश, अंग्रेजी र नेपालीमा परामर्श(सोमबार ~शुक्रबार)※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक
 ・तागालोगमा परामर्श(सोमबार ~बिहीबार)※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक
 ・भियतनामीमा परामर्श(सोमबार,बुधबार,शुक्रबार)※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक
 ・चिनियाँमा परामर्श(मंगलबार,बुधबार,)※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक

शीर्षमा फिर्ता

म प्रिफेक्चरल आवासको लागि आवेदन दिन चाहन्छु। मलाई के कागजातहरू चाहिन्छ?

आवश्यक कागजातहरू निम्नानुसार छन्।(त्यहाँ बस्ने परिवारको अवस्था अनुसार आवश्यक कागजातहरू परिवर्तन हुनेछन्।)
1. प्रिफेक्चरल आवासमा बस्ने आवेदन फारम
2. परिवारका सबै सदस्यहरूको लागि निवासी अभिलेखहरूको प्रतिलिपिहरू
3. नगरपालिकाको मेयर द्वारा जारी पछिल्लो आयकर प्रमाणपत्र(आय छ भने)
4. नगरपालिकाको मेयर द्वारा जारी पछिल्लो कर छुट प्रमाणपत्र(आय छैन भने)
5. भाडा सम्झौताको प्रतिलिपि वा भाडा तिरेको प्रमाणपत्र, आदि।
थप विवरणहरूको लागि प्रीफेक्चर ज्यूताकू क्योक्यू कोउस्य(फोन 052-954-1361 सोमबार ~शुक्रबार 9:00~17:00 ※राष्ट्रिय बिदाहरू र वर्ष-अन्त र नयाँ वर्ष बिदाहरू बाहेक) वा, कृपया प्रत्येक जूताकू कान्री जीमुस्यो वा शाखामा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION