TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

विदेशी कामदारहरूले पनि कर तिर्नुपर्छ? यदि पर्छ भने, उनीहरूले कस्ता प्रकार करहरू तिर्नुपर्छ?

तपाईं जापानमा काम गर्नुहुन्छ भने तपाईंले आम्दानी कर (तपाईंको व्यक्तिगत आम्दानी अनुसार, जस्तै तलब) र निवास कर (तपाईंको प्रिफेक्चरद्वारा सङ्कलन गरिएको प्रिफेक्चुरल दर + तपाईंको नगरपालिकाद्वारा सङ्कलन गरिएको नगरपालिका कर) तिर्नुपर्छ। यो राष्ट्रियतालाई ख्यालमा नराखि सबैको लागि लागू हुन्छ।

तपाईं हालको वर्षको जनवरी 1देखि बसोबास गर्नुभएको नगरपालिकालाई नगरपालिका कर भुक्तान गरिन्छ। विदेशी विद्यार्थीहरूले पनि आंशिक-समय रोजगारहरू मार्फत कमाएका पैसाबाट कर भुक्तान गर्नुपर्छ।

आम्दानी कर बारे थप जानकारीको लागि कृपया आफू नजिकैको कर कार्यालयमा सम्पर्क गर्नुहोस्। निवास करको लागि कृपया आफ्नो नगरपालिका कार्यालयको कर विभागमा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

मेरो कम्पनीले मैले अनुरोध गरेता पनि मलाई कर रोकावट कागज दिँदैन।

प्रत्येक कम्पनीले आफ्ना कर्मचारीहरूलाई कर रोकावट कागजहरू जारी गर्न अनिवार्य छ। तपाईंको कम्पनीले कर रोकावट कागजहरू जारी गरेन भने, तपाईंले कर कार्यालयमा कर रोकावट कागजहरूको गैर-जारीको सूचना पेश गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि कृपया आफू नजिकैको कर कार्यालयमा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

यो वर्ष म नयाँ ठेगानामा सरे र मैले मेरो अघिल्लो नगरपालिकाबाट कर भुक्तानी सूचना प्राप्त गरे। यो के हो?

अघिल्लो वर्षमा जनवरी देखि डिसेम्बरसम्म तपाईंले कमाउनुभएको आम्दानीमा भर पर्दै, तपाईं हालको वर्षको जनवरी 1देखि बसोबास गर्नुभएको नगरपालिकालाई निवास कर भुक्तान गरिन्छ।

तपाईंले निम्न मध्ये कुनै एक तरिकामा नगरपालिकाद्वारा सूचना दिइएको रकम भुक्तान गर्नुपर्छ।

  1. तपाईंको कम्पनीले तपाईंको पक्षमा अर्को वर्षको जुनदेखि मेसम्म तपाईंको तलबबाट मासिक भुक्तानीहरू गर्नेछ।
  2. तपाईंले नगरपालिकाद्वारा पठाएका भुक्तानी कागजहरू प्रयोग गरी आफैले कर भुक्तान गर्नुहुनेछ।

तपाईंले भूक्तानी पूरा गर्नुअघि कम्पनी छाड्नुभयो वा तपाईंले कम्पनीमा कमाउनुहुने भन्दा अन्य आम्दानी छ भने, तपाईंले भुक्तानी कागजहरू प्रयोग गरी भुक्तान गर्न आवश्यक छ।

शीर्षमा फिर्ता

म नोभेम्बरमा आफ्नो देश फर्कदैछु त्यसैले मैले मेरो कम्पनीमा वर्ष-अन्त्य कर समायोजनका लागि कागजातहरू प्राप्त गर्न सक्दिन। मैले के गर्नुपर्छ?

तपाईंले आफ्नो देशमा फर्किनुअघि आफ्नो स्थानीय कर कार्यालयमा कर फिर्ता फाइल गर्न र कुनै कर रिफन्ड प्राप्त गर्नको लागि प्रोक्सी नियुक्त गर्न वा कर एजेन्ट नियुक्त गरी सबै कर फिर्ता प्रक्रिया जिम्मा दिन सक्नुहुन्छ।

कर एजेन्ट भनेको जापानमा ठेगाना भएको र करहरू तिर्न र कर रिफन्डहरू प्राप्त गर्न सक्ने कोही पनि व्यक्ति हुन सक्छ। एजेन्ट नियुक्त गर्नको लागि, तपाईंले आफ्नो स्थानीय कर कार्यालयमा कर एजेन्ट सूचना फाइल गर्न आवश्यक छ।

तपाईंले सूचना फाइल गरेपछि, सबै कर-सम्बन्धी कागजातहरू तपाईंको कर एजेन्ट कहाँ पठाइनेछ, जसले त्यसपछि तपाईंको पक्षमा कर फिर्ता फाइल गर्न, करहरू भुक्तान गर्न र कर रिफन्डहरू प्राप्त गर्नेछ।

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION