TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  निवासको स्थिति

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
बसाइको अवधिको नवीकरण निवासको स्थितिमा परिवर्तन राहदानी निवास कार्ड अस्थायी फिर्ता
स्थायी निवास नागरिक बनाउने प्रक्रिया

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

मैले मेरो बसाइको अवधि कसरी नवीकरण गर्न सक्छु?

आफ्नो बसाइको अवधि नवीकरण गर्नको लागि, निम्न कागजातहरू आवश्यक छन्।
तपाईं बसाइको अवधिभित्र कुनै पनि समय आफ्नो निवासको स्थिति परिवर्तन गर्नलाई आवेदन दिन सक्नुहुन्छ।

  1. बसाइको अवधिको विस्तारको लागि आवेदन (यो फारम क्षेत्रीय आप्रवास विभागमा उपलब्ध छ)
  2. 1 फोटो (W 3 cm x H 4 cm. फोटोमा आवेदक मात्र हुनुपर्छ। गत तीन महिनामा खिचेको हुनुपर्छ। टोपी हुनुहुँदैन। सादा पृष्ठभूमि। तपाईं 16 वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने आवश्यक छैन।)
  3. जापानमा तपाईंको क्रियाकलाप प्रमाणित गर्ने कागजातहरू (तपाईंको निवासको स्थितिमा भर पर्दै)
    (उदाहरण) ग्यारेन्टी पत्र (जापानी राष्ट्रियता भएको पति/पत्नी वा बच्चा, स्थायी निवास वा लामो-अवधि निवास भएको पति/पत्नी वा बच्चा)
  4. निवास कार्ड (छोटो-समय निवासीहरू बाहेक)
  5. निवासको स्थितिको लागि राहदानी वा योग्यताको प्रमाणपत्र

निवासको स्थिति परिवर्तन गर्नको लागि आवेदन बसाइ अवधिभित्र गर्नुपर्छ। आवेदन प्रमाणित गरियो भने, 4,000 येन शुल्क लगाइन्छ। थप जानकारीको लागि, कृपया नागोया क्षेत्रीय आप्रवास विभाग वा आप्रवास जानकारी केन्द्रमा सम्पर्क गर्नुहोस्।

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION