TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

मैले मेरो देशमा प्राप्त गरेको चालकको इजाजतपत्रलाई जापानीमा स्विच गर्न सक्छु?

तपाईंले निम्न अवस्थाहरू पूरा गर्नुभएको भने तपाईंले जापानी चालकको इजाजतपत्र प्राप्त गर्न सक्नुहुन्छ। कृपया आवश्यक कागजातहरू ल्याउनुहोस् र यसलाई आइची प्रिफेक्चर चालकको इजाजतपत्र परीक्षण केन्द्र (हिराबारी) वा हिगासी-मिकावा चालकको इजाजतपत्र केन्द्रमा आवेदन दिनुहोस्।

  1. तपाईंसँग जारी गर्ने राष्ट्रमा औपचारिक चालकको इजाजतपत्र छ।
  2. कृपया आवश्यक कागजातहरू ल्याउनुहोस् र यसलाई आइची प्रिफेक्चर चालकको इजाजतपत्र परीक्षण केन्द्र (हिराबारी) वा हिगासी-मिकावा चालकको इजाजतपत्र केन्द्रमा आवेदन दिनुहोस्।

आवश्यक कागजातहरू निम्नानुसार छन्।

  1. विदेशमा जारी गरिएको चालक इजाजापत्र (र चालकको इजाजतपत्रसँग राख्नुपर्छ भने आइडी)
  2. विदेशमा जारी गरिएको चालकको इजाजतपत्रको जापानी अनुवाद (प्रशासक वा जारी गर्ने देशको काउन्सुलर कार्यालय वा जापान सवारी साधन संघ (JAF) द्वारा अनुवाद गरिएको हुनुपर्छ)
  3. प्रस्थान र प्रवेश मितिहरू छापिएका सबै राहदानीहरू (पुरानो र नयाँ) (तपाईंसँग एकभन्दा बढि राहदानीहरू छन् भने, तिनीहरू सबै)
  4. निवास कार्ड
  5. राष्ट्रियता उल्लेख गरेको आइची प्रिफेक्चरमा निवासको प्रमाणपत्र (वा दर्ता गरिएको अधिवास) (प्रतिलिपि स्वीकार गरिनेछैन)
  6. 1 फोटो (W 2.4 cm x H 3 cm. गत छ महिनामा लिइएको। टोपी बिना (अनुहारको बाहिरी रेखा देखाउने धार्मिक वा चिकित्सकीय रूपमा आवश्यक टाउको ढाक्ने टोपी बाहेक) अगाडि फर्केको र छातीभन्दा माथि मात्र भएको। सादा पृष्ठभूमि।)
  7. जापानी चालकको इजाजतपत्र
    • हाल भएको जापानी चालकको इजाजतपत्र, कुनै भएमा
    • तपाईंसँग विगतमा भएको जापानी चालकको इजाजतपत्र, कुनै भएमा
  8. अन्य
    • चालकको इजाजतपत्रको देशमा भएको ड्राइभिङ रेकर्ड वा निवासको प्रमाणपत्र आवश्यक हुन सक्छ।
    • गर्ने देश वा अवस्थामा भर पर्दै, अन्य कागजातहरू आवश्यक पर्न सक्छ।

*थप जानकारीको लागि, कृपया आइची प्रिफेक्चर चालकको इजाजतपत्र परीक्षा केन्द्र (हिराबारी) (टेलिफोन: 052-802-3211) वा हिगासी-मिकावा चालकको इजाजतपत्र केन्द्रमा सम्पर्क गर्नुहोस् (टेलिफोन: 0533-85-7181).

माथिका कागजातहरूको परीक्षापछि, तपाईंले उपयुक्तता जाँच, ट्राफिक नियम ज्ञान जाँच र ड्राइभिङ सीप जाँच (यस क्रममा) उत्तीर्ण गर्न आवश्यक पर्नेछ।

ट्राफिक नियम ज्ञा जाँच जापानी (कान्जी शब्दहरू माथि हिरागानाका साथ), पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, कोरियन, फारसी आदीमा लिनुपर्छ। तपाईंले ड्राइभिङ सीप जाँच उत्तीर्ण गर्नुभयो भने, सोही दिनमा चालकको इजाजतपत्र जारी गरिनेछ।

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION