TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

म बहुभाषीय चिकित्सा सेवाहरू प्रस्ताव गर्ने अस्पताल खोजिरहेको छु।

आइची चिकित्सा जानकारी सञ्जाल ( https://iryojoho.pref.aichi.jp/) ले बहुभाषीय सेवाहरू प्रस्ताव गर्ने आइचीमा भएका अस्पताल, चिकित्सालय, दन्त चिकित्सालय, औषधालय, मिडवाइफ केन्द्र र अन्य चिकित्सा संस्थाहरू बारे जानकारी प्रदान गर्छ।

आइची आकस्मिक चिकित्सा मार्गदर्शन (http://www.qq.pref.aichi.jp/)ले बहुभाषीय सेवाहरू प्रस्ताव गर्ने आइचीमा भएका आकस्मिक चिकित्सा संस्थाहरू बारे जानकारी प्रदान गर्छ। यसले पाँच वटा भाषाहरूमा स्वचालित भ्वाइस र फ्याक्स मार्गदर्शन पनि प्रस्ताव गर्छ (टेलिफोन: 050-5810-5884).

आइची चिकित्सा अनुवाद प्रणाली (http://www.aichi-iryou-tsuyaku-system.com/) ले साझेदार अस्पतालहरूमा चिकित्सा अनुवादहरू पठाउँछ र फोनमा पनि अनुवाद सेवा नियुक्त गर्छ। कृपया अनुवादक नियुक्त गर्न सकिन्छ कि सकिन्न भनी हेर्नको लागि आफ्नो अस्पतालमा सम्पर्क गर्नुहोस्। यो सेवा निःशुल्क छ।

शीर्षमा फिर्ता

फोनमा बहुभाषीय चिकित्सा सल्लाहहरू प्रदान गर्ने कुनै संस्थाहरू छन्?

AMDA चिकित्सा जानकारी केन्द्र (https://www.amdamedicalcenter.com/) ले फोनमा विभिन्न चिकित्सा जानकारी प्रदान गर्छ।

AMDA चिकित्सा जानकारी केन्द्र टोकियो
टेलिफोन 03-6233-9266
भाषा सहज जापानी
समय 10:00–15:00

चिकित्सा सल्लाहहरू प्रदान गर्ने अन्य संस्थाहरू

HIV र मानव अधिकार जानकारी केन्द्र टोकियो
टेलिफोन 03-5259-0256
भाषाहरू अङ्ग्रेजी (पहिलो शनिबार)
समय 12:00–15:00

नागोया अन्तर्राष्ट्रिय केन्द्र – व्यक्तिगत सल्लाह

टेलिफोन 052-588-7040
भाषाहरू पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ
समय नियमित (आरक्षण आवश्यक छ)

NPO Serviço de Assistência aos Brasileiros no Japão (SABJA) – स्वास्थ्य सल्लाह

टेलिफोन 050-6861-6400
भाषाहरू पोर्टुगिज (सोमबार–शनिबार)
समय 9:00–16:00 (आरक्षण), 9:00–20:00 (सल्लाह)

शीर्षमा फिर्ता

मलाई आफ्ना चिकित्सा खर्चहरू भुक्तान गर्नमा समस्या भइरहेको छ। त्यहाँ कुनै भत्ताहरू छन्?

तपाईंको हिस्सामा पर्ने चिकित्सा खर्चहरूले (चिकित्सा स्याहार र औषधी खर्चहरू) कुनै निश्चित रकम नाघ्यो भने, तपाईंले नाघेको रकमको लागि रिफन्डको लागि आवेदन दिन सक्नुहुन्छ।

तपाईंलाई राष्ट्रिय स्वास्थ्य बीमाद्वारा कभर गरिएको छ भने, कृपया आफ्नो नगरपालिका कार्यालयको राष्ट्रिय स्वास्थ्य बीमा विभागमा सम्पर्क गर्नुहोस्। तपाईंलाई सामाजिक बीमाद्वारा कभर गरिएको छ भने कृपया आफ्नो कम्पनी वा जापान स्वास्थ्य बीमा संघ (क्योकाइ केन्पो) मा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

बालबालिकाहरू भएका परिवारहरूका लागि भत्ताहरू छन् भनी मैले सुनेको थिए।

तपाईंको बच्चा छ भने, तपाईंले बच्चाको 15 वर्षको जन्मदिनपछिको पहिलो मार्च 31 सम्म बाल भत्ता प्राप्त गर्न सक्नुहुन्छ। भत्तामा कुनै आम्दानी सीमा छैन। जापानमा ठेगाना नभएका बालबालिकाहरू योग्य छैनन्। बच्चाको तेस्रो जन्मदिन अघिको महिनासम्म मासिक भत्ता 15,000 येन हो र त्यसपछिको भत्ता 10,000 येन हो। (तपाईंसँग 18 वर्ष मुनिका तीन वा बढि बालबालिकाहरू छन् भने, तपाईंले प्रत्येक बच्चाको 12 वर्षको जन्मदिनपछिको पहिलो मार्च 31 सम्म तेस्रो बच्चा र प्रत्येक थप बच्चाको लागि प्रति महिना 15,000 येन प्राप्त गर्न सक्नुहुन्छ।) यो भत्ता आगामी महिनाहरूका लागि प्रत्येक फेब्रुएरी, जुन र अक्टोबरमा भुक्तान गरिन्छ। थप जानकारीको लागि, कृपया आफ्नो नगरपालिका कार्यालयको बाल हित विभागमा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

मैले अपाङ्गता प्रमाणपत्र कसरी प्राप्त गर्न सक्छु?

तपाईंलाई कानूनद्वारा तोकिएको अपाङ्गता (दृष्टि, सुनाइ, सन्तुलन, बचन/भाषा, हात-खुट्टा, आदि सम्बन्धी अपाङ्गता) छ भने, तपाईंले अपाङ्गता प्रमाणपत्र हासिल गर्न र आफ्नो अपाङ्गताको स्तरमा भर पर्दै गृह मद्दत सेवा, चिकित्सा पुनर्वास, विभिन्न भत्ता, कर छूट, सार्वजनिक ढुवानीका लागि उचित छूटहरू, आदि प्राप्त गर्न सक्नुहुन्छ।

तपाईंले आफ्नो नगरपालिका कार्यालयको अपाङ्गता हित विभागमा यसको लागि आवेदन दिन सक्नुहुन्छ।

आवेदनको लागि निम्न कागजातहरू आवश्यक छन्।

  1. अपाङ्गता प्रमाणपत्रको जारीको लागि आवेदन
  2. नियोजित डाक्टरद्वारा जारी गरिएको चिकित्सा प्रमाणपत्र
  3. 1 फोटो (माथिल्लो शरीर, W 3 cm x H 4 cm)
  4. छाप (वा हस्तलिखित हस्ताक्षर)
  5. आइडी (चालक प्रमाणपत्र, राष्ट्रिय स्वास्थ्य बीमा कार्ड, निवास कार्ड, आदि)

शीर्षमा फिर्ता

विदेशी नागरिकहरूले सार्वजनिक सहायता प्राप्त गर्न सक्छन्?

हित सहायता प्राप्त गर्नको लागि, तपाईंको निवासको स्थिति स्थायी निवासी मध्ये एक हुन, जापानी राष्ट्रियको पति/पत्नी वा बच्चा हुन, स्थायी निवासीको पति/पत्नी वा बच्चा हुन वा लामो-अवधिको निवासी हुन अनिवार्य छ।

तपाईंले सार्वजनिक सहायताको लागि आवेदन दिँदा, तपाईंको घरेलु आम्दानी र जेथाहरू मूल्याङ्कन गरिनेछ। तपाईंको योग्यता राष्ट्रिय मानकहरू अनुसार प्रमाणित गरियो भने, तपाईंले जीवनयापन सहायता, आदि प्राप्त गर्नुहुनेछ।

थप जानकारीको लागि, कृपया आफ्नो नगरपालिकामा हित अधिकारीलाई वा आफ्नो नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोस्।

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION