TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने आवश्यकता र प्रशोधनहरू के-के हुन्?

तपाईंले निम्न आवश्यकताहरू पूरा गर्नुहुन्छ भने तपाईं राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्छ।

  1. तपाईं निवासीको रूपमा दर्ता हुनुभएको छ।
  2. तपाईं जापानमा तीन महिनाभन्दा धेरै समयको लागि बस्नुभएको छ।
  3. तपाईं स्वास्थ्य बीमा जस्ता अन्य सार्वजनिक चिकित्सा बीमाको लागि योग्य हुनुहुन्न।

कृपया आफ्नो नगरपालिका कार्यालयको राष्ट्रिय स्वास्थ्य बीमा विभागमा यसको लागि आवेदन दिनुहोस्। तपाईंले आफ्नो निवास कार्ड र छाप ल्याउनुपर्छ। आवश्यक कागजातहरू कार्यक्रममा सहभागी हुने कारणहरू अनुसार फरक हुन्छन्। कृपया पहिले नै सान्दर्भिक विभागमा सम्पर्क गर्नुहोस्।

तपाईंका पारिवारिक सदस्यहरू पनि कार्यक्रममा सहभागी भइरहेका छन् भने, तपाईंले उनीहरूका निवास कार्डहरू ल्याउन आवश्यक छ। योगदान रकम नगरपालिका अनुसार फरक हुन्छ।

शीर्षमा फिर्ता

कर्मचारीको पेनसन बीमाबाट प्रिमियम प्रत्येक महिना मेरो तलबबाट काटिन्छ; यो अनिवार्य छ?

पाँच वा बढि पूर्ण-समय कामदारहरू नियोजित गर्ने सबै व्यवसायहरूले (कम्पनी, उद्योग, पसल, कार्यालय, आदि) कानून अनुसार कर्मचारीको पेन्सन बीमामा सहभागी हुनुपर्छ।

यो विदेशी कामदारहरूलाई पनि लागू हुन्छ। प्रिमियमहरूको प्रक्रिया र भुक्तानी तपाईंको कम्पनीद्वारा गरिन्छ।

शीर्षमा फिर्ता

म चाँडै मेरो देश फर्कदैछु। जापानमा मेरो बसाइको अवधिमा मैले भुक्तान गरेका पेन्सन योगदानहरूको भाग रिफन्ड गरिनेछ भनी मैले सुनेको थिए। मैले रिफन्डहरू कसरी प्राप्त गर्न सक्छु?

तपाईंले निम्न सर्तहरू पूरा गर्नुहुन्छ भने, तपाईंले आफ्नो निवासको प्रमाणपत्रमा भएको बाहिर-सर्ने मिति (तालिकाबद्ध गरिएको) पछिको दुई वर्षभित्र थोक-रकम निकास भुक्तानीको लागि आवेदन दिन सक्नुहुन्छ।

  1. तपाईं जापानी होइन।
  2. तपाईंलाई छ महिना वा बढिको लागि वर्ग 1 बीमा गरिको व्यक्तिको रूपमा राष्ट्रिय पेन्सन अन्तर्गत कभर गरिएको छ (तपाईंले पूर्ण योगदान भुक्तान गर्नुभएको महिनाहरूको सङ्ख्या, तपाईंलाई योगदानको 1/4 बाट मुक्त गरिएका महिनाहरूको सङ्ख्याको 3/4, तपाईंलाई योगदानबाट 1/2 बाट मुक्त गरिएको महिनाहरूको सङ्ख्याको 1/2 र तपाईंलाई योगदानको 3/4 बाट मुक्त गरिएको महिनाहरूको सङ्ख्याको 1/4 जोडेर हिसाब गरिन्छ)। वा तपाईंलाई छ महिना वा बढि समयको लागि कर्मचारीको पेन्सन बीमा अन्तर्गत कभर गरिएको छ।
  3. तपाईंसँग उप्रान्त जापानमा ठेगाना छैन।
  4. तपाईं कहिले पन जापानी सार्वजनिक पेन्सन लाभहरूको (अपाङ्गता भत्ता सहित) हकदार बन्नुभएको छैन।

थप जानकारीको लागि, कृपया जापान पेन्सेन सेवाको वेबसाइटमा हेर्नुहोस्। (https://www.nenkin.go.jp/service/jukyu/sonota-kyufu/dattai-ichiji/20150406.html) तपाईंले त्यहाँ पनि आवेदन फारम डाउनलोड गर्न सक्नुहुन्छ।

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION