TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  दैनिक जीवन बारे जानकारी

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी  अन्य
मजदुर करहरू बीमा, पेन्शनहरू चिकित्सा स्याहार / हित हाउजिङ
विवाह, सम्बन्ध विच्छेद जन्म शिक्षा अटोमोबाइल अन्य दैनिक जीवन बारे जानकारी

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

मैले वकिलसँग कहाँ सल्लाह गर्न सक्छु?

तपाईंले निम्न संस्थाहरूमा वकिलसँग सल्लाह गर्न सक्नुहुन्छ।

आइची अन्तर्राष्ट्रिय संघ – विदेशी निवासीहरूका लागि कानूनी सल्लाहहरू(आरक्षण आवश्यक छ; निःशुल्क)
स्थान अन्तर्राष्ट्रिय संग सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
मिति प्रत्येक महिना दोस्रो र चौथो शुक्रबार 13:00-16:00
भाषा पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, फिलिपिनो/ट्यागलग
आरक्षण समय सोमबार–शनिबार 10:00–18:00
टेलिफोन 052-961-7902
नागोया अन्तर्राष्ट्रिय केन्द्र, विदेशी निवासीहरूका लागि कानूनी सल्लाहहरू (आरक्षण आवश्यक छ; निःशुल्क)
स्थान नागोया अन्तर्राष्ट्रिय केन्द्र भवन, 1-47-1, नागोनो, नाकामुरा-कु, नागोया
मिति प्रत्येक शनिबार 10:00–12:30
भाषा अङ्ग्रेजी, पोर्टुगिज, स्पेनी, चिनियाँ
टेलिफोन 052-581-6111 (भ्वाइसमेलका साथ 24 घण्टा उपलब्ध)
आइची बार संग नागोया कानूनी सल्लाह केन्द्र – विदेशीहरूका लागि कानूनी सल्लाह (आरक्षण आवश्यक छ; निशुल्क)
स्थान डाइटोकाइ भवन चौंथो तल्ला, 3-22-8, मेइकी, नाकामुरा-कु, नागोया
मिति प्रत्येक बुधबार 14:10–16:25
भाषा जापानी मात्र
टेलिफोन 052-565-6110
जापान कानूनी समर्थन केन्द्र (आरक्षण आवश्यक छ, निःशुल्क)

नागोया

मिति प्रत्येक महिना प्रथम र तेस्रो बिहीबार 10:00–12:30
भाषा अङ्ग्रेजी, पोर्टुगिज, स्पेनी, चिनियाँ, कोरियन, ट्यागलग, आदि।
टेलिफोन 050-3383-5460 (जापानी मात्र)
*पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी वा ट्यागलगमा आरक्षण गर्नको लागि 0570-078377 मा कल गर्नुहोस्।

ओकाजाकी

मिति प्रत्येक महिना प्रथम र तेस्रो बिहीबार 13:00–16:00
भाषा अङ्ग्रेजी, पोर्टुगिज, स्पेनी, चिनियाँ, कोरियन, ट्यागलग, आदि।
टेलिफोन 050-3383-5460 (जापानी मात्र)
*पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी वा ट्यागलगमा आरक्षण गर्नको लागि 0570-078377 मा कल गर्नुहोस्।
ब्राजिलको वाणिज्य दूतावास प्रधान अधिकारी – कानूनी सल्लाहहरू (ब्राजिलियन कानूनहरू) (आरक्षण आवश्यक छ, निःशुल्क)
भाषा सिराकावा डाइहाची भवन दोस्रो तल्ला, 1-10-29, मारुनौची, नाका-कु, नागोया
मिति महिनामा 3 पटक 9:30–12:00
भाषा पोर्टुगिज
टेलिफोन 052-222-1077

शीर्षमा फिर्ता

आइचीमा दृश्यावलोकन स्थानहरू कहाँ छन्?

आइची पर्यटन संसाधनहरूमा सम्पन्न छ जस्तै ऐतिहासिक स्थान, प्रचलित स्थान र पारस्परिक संस्कृति।

आइचीको पश्चिमी भागमा भएको नागोया-ओवारी क्षेत्र आधुनिक सांस्कृतिक सुविधा र ऐतिहासिक क्षेत्रहरूले भरिएको छ। धेरै हट स्प्रिङ शहर, समुद्रतट र माछा मार्ने स्थानहरूका साथ मिकावा बे क्षेत्र यसको दृश्यको लागि चिनिएको छ। मिकावा क्षेत्रको उत्तर-पूर्वीय भाग प्रकृतिमा सम्पन्न छ, जस्तै हिमाल, उच्च भूमि र मौसम अनुसारको सुन्दरता प्रस्ताव गर्ने उपत्यका।

थप जानकारीको लागि, कृपया निम्न संस्थाहरूमा सम्पर्क गर्नुहोस्।

नागोया स्टेशन पर्यटक जानकारी केन्द्र
खुला 8:30-19:00, शुक्रबार
भाषा अङ्ग्रेजी, जापानी
टेलिफोन 052-323-0161
नागोया कानायामा पर्यटक जानकारी केन्द्र
खुला 9:00-19:00, प्रत्येक दिन
भाषा अङ्ग्रेजी, जापानी
टेलिफोन 052-323-0161
ओएसिस 21 iCenter
खुला 10:00-20:00, प्रत्येक दिन
भाषा अङ्ग्रेजी, जापानी
टेलिफोन 052-963-5252
जापान राष्ट्रिय पर्यटन संस्था (JNTO) पर्यटक जानकारी केन्द्र (TIC)
(विदेशी राष्ट्रियहरूका लागि विस्तृत पर्यटन जानकारी)

खुला 9:00-17:00, प्रत्येक दिन
भाषा अङ्ग्रेजी, चिनियाँ, कोरियन
टेलिफोन 03-3201-3331
नागोया अन्तर्राष्ट्रिय केन्द्र जानकारी काउन्टर
खुला मङ्गलबार–आइतबार 10:00–17:00
भाषा पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी, चिनियाँ, कोरियन, फिलिपिनो/ट्यागलग, भियतनामी, नेपाली

शीर्षमा फिर्ता

मैले मेरो छाप कसरी दर्ता गर्न सक्छु?

छाप भनेको तपाईंको गाडी वा अचल सम्पत्ति दर्ता गर्दा वा पैसा सापटी लिँदा हस्तलिखित हस्ताक्षरको स्थानमा प्रयोग गरिने महत्त्वपूर्ण वस्तु हो। तपाईंको छाप प्रभावकारी बनाउनको लागि, तपाईंले यसलाई आफ्नो नगरपालिका कार्यालयमा दर्ता गर्न आवश्यक छ। छाप दर्ताको लागि, तपाईंले निवासीको रूपमा दर्ता गर्न र 15 वर्ष वा बढि उमेरको हुन आवश्यक छ। साइज आवश्यकता पूरा नगर्ने वा निवासको प्रमाणपत्रमा तपाईंको नामसँग नमिल्ने वा समान रूपमा प्रयोग गरिने नाम दर्ता गर्न सकिँदैन। छाप दर्ता भएपछि, छाप दर्ता कार्ड (हातेपुस्तिका वा कार्ड) जारी गरिन्छ। आफ्नो छाप वा छाप दर्ता कार्ड नहराउन होसियार हुनुहोस्। तपाईंले आफ्नो छाप दर्ता कार्ड हराउनुभयो भने, तपाईंले हराएको रिपोर्ट पेश गर्न र आफ्नो छाप फेरि दर्ता गर्न आवश्यक छ। दर्ता गरिएको छापको प्रमाणपत्रले तपाईंले यसलाई प्रयोग गर्न चाहनुअघि तपाईंको छाप प्रमाणिक छ भनी प्रमाणित गर्छ। यसलाई जारी गर्नको लागि, तपाईं वा तपाईंको प्रोक्सीले नगरपालिका कार्यालयमा तपाईंको छाप दर्ता कार्ड प्रस्तुत गर्न आवश्यक छ।

छाप दर्ताको लागि, निम्न वस्तुहरू आवश्यक छन्।

  1. निवास कार्ड
  2. दर्ता गरिनुपर्ने छाप /OL>

    शीर्षमा फिर्ता

    विदेशीहरूका लागि कुनै जानकारी पत्रिकाहरू छन्?

    आइची अन्तर्राष्ट्रिय संघले आइची हातेपुस्तिका प्रकाशन गर्छौं, जुन जापानी, पोर्टुगिज, स्पेनी, अङ्ग्रेजी र चिनियाँमा आइचीमा रहेका विदेशी निवासीहरूको लागि उपयोगी जानकारीको सङ्ग्रह हो। यस पुस्तकले आप्रवास प्रशोधन, बीमा, चिकित्सा स्याहार, शिक्षा, काम, कर र विभिन्न सल्लाह सेवाहरू बारे जानकारी प्रस्तुत गर्छ।

    छापिएका संस्करणहरू दुवै विदेशी भाषा र जापानीमा लेखिएका छन्। उपलब्ध गराइएका जानकारी प्रकाशन मिति अनुसार छ।

    • पोर्टुगिज, स्पेनी संस्करण: अगस्ट 2017 मा प्रकाशित
    • अङ्ग्रेजी, चिनियाँ संस्करन: मार्च 2019 मा प्रकाशित

    यो हातेपुस्तिकाको एक प्रतिलिपि आइचीका निवासीहरूका लागि निःशुल्क प्रस्ताव गरिन्छ! दोस्रो प्रतिलिपि देखी, प्रत्येक प्रतिलिपिको लागि 500 येन शुल्ल लगाइन्छ। हातेपुस्तिका कसरी प्राप्त गर्ने भन्ने बारे थप जान्नको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

    <सोधपुछ>

    सल्लाह विभाग, आइची अन्तर्राष्ट्रिय संघ
    सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
    टेलिफोन: 052-961-7902

    शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION